काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि कात्तिक २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।