शनिबार, असार १४,२०८२ 04:44:25
  • शनिबार, असार १४,२०८२ 04:44:25
Global IME Bank Limited

सुनको मूल्य आजपनि ह्वात्तै बढ्यो, तीन दिनमा रु.११ हजार ६ सयको वृद्धि

Hyundai Nepal
सुनको मूल्य आजपनि ह्वात्तै बढ्यो, तीन दिनमा रु.११ हजार ६ सयको वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज थप नयाँ उचाईमा पुगेको हो ।  

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।  

यससँगै सुनको मूल्य लगातार ३ दिन बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्यमा ५ हजार ७ सयको बढोत्तरी आएको थियो । 

गत बुधबार पनि सुनको मूल्य २ हजार रुपैयाँले बढेको थियो । यसरी तीन दिनको अवधिमा सुन ११ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । अन्तर्राष्ट्रिय बजारमा उछाल आउदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो । यतिबेला अन्तररराष्ट्रिय बजारमा सुनको मूल्य ३ हजार २१५ डलरमा कारोबार भईरहेको छ ।  

यो दिन चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.