काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।