काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले कम हो ।
अघिल्लो दिन ७ सय रुपैयाँले बढेको सुनको भाउ २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

