काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी रोजगार बजारको तथ्यांक सार्वजनिक भएसँगै आज सुनको मूल्य बढेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३२ प्रतिशत अर्थात ८.३५ डलरले बढ्दै प्रतिऔंस २ हजार ६४६ डलर कायम भएको छ । डलरको बढ्दो मूल्य र अमेरिकी ट्रेजरी बोन्डको प्रतिफलका कारण केही दिनयता सुनको मूल्यमा दबाब आईरहेको थियो ।
तर हालै प्रकाशित तथ्यांक अनुसार अमेरिकाको श्रम बजारमा सुधार देखिएकाले सुनको मूल्यमा केही वृद्धि देखिएको छ । तथ्यांक अनुसार नोभेम्बर महिनामा अमेरिकी अर्थतन्त्रमा रोजगार बढेको देखिएको छ । यो महिना २ लाख ५९ हजार नयाँ रोजगार थपिएको छ ।
आज चाँदीको मूल्यमा भने गिरावपट आएको छ । चाँदीको मूल्य आज ०.१३ प्रतिशत अर्थात ०.०३ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य ३०.०२ डलरमा कारोबार भईरहेको छ ।