मंगलवार, असार १७,२०८२ 07:55:21
  • मंगलवार, असार १७,२०८२ 07:55:21
Global IME Bank Limited

सुनको मूल्य अल टाइम हाई नजिक, एकैदिन ३५ डलरको बढोत्तरी

Hyundai Nepal
सुनको मूल्य अल टाइम हाई नजिक, एकैदिन ३५ डलरको बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाले विभिन्न देशहरुमाथि ट्यारिफको सूची सार्वजनिक गरेसँगै सुनको मूल्य उच्च वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य १.१५ प्रतिशत अर्थात ३५.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च नजिक अर्थात प्रतिऔंस ३ हजार १४७ डलरमा कारोबार भईरहेको छ ।  

विश्लेषकहरुले अमेरिकी ट्यारिफ अपेक्षा गरेभन्दा बढी कठोर भएको बताउदै सुनको भाउले ३२ सय डलरको आँकडा छिट्टै पार गर्ने अपेक्षा गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

राजनीतिक र आर्थिक संकटका बेला सुरक्षित मानिने सुन यो वर्ष प्रतिऔंस ५ सय डलरभन्दा बढीले बढिसकेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात ३ हजार १४८ डलर पुगेको थियो ।  

यस्तै आज डलर केही कमजोर बन्दा समेत सुनको भाउ बढेको हो । आज डलर इन्डेक्स ०.४ प्रतिशतले खस्किएको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ ।  

आज चाँदीको मूल्य भने ०.२१ डलरले घट्दै प्रतिऔंस ३३.३७ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.