बुधबार, श्रावण ६,२०८३ 03:52:25
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:52:25
Bizshala
Global IME Bank Limited

सुनको भाउ प्रतिऔंस ४२ सय डलर नजिक, एकैदिन ७५ डलरले वृद्धि

सुनको भाउ प्रतिऔंस ४२ सय डलर नजिक, एकैदिन ७५ डलरले वृद्धि
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य प्रतिऔंस ४२ सय डलर नजिक पुगेको छ । आजको कारोबारमा प्रतिऔंस १.८३ प्रतिशत अर्थात ७५ डलरले बढेसागै सुनको भाउ ४२ सय डलर नजिक पुगेको हो ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १८७ डलरमा कारोबार भईरहेको छ ।  

विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच देखिएको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने उच्च सम्भावनाका बीच सुनको भाउमा पछिल्लो समेत निरन्तर उछाल आईरहेको छ ।  

यो वर्ष मात्रै सुनको मूल्य ५७ प्रतिशतले वृद्धि भईसकेको छ । सोमबार सुनको भाउले पहिलोपटक प्रतिऔंस ४१ सय डलरको आँकडा पार परेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउनु, विश्व राजनीतिक र आर्थिक अनिश्चितता जस्ता विविध कारणले यस वर्ष सुनको भाउमा व्यापक वृद्धि देखिएको हो ।  

बैंक अफ अमेरिकाका विश्लेषकहरुले सुनको भाउ सन् २०२६ सम्म प्रतिऔस ५ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।  

यस्तै आज चाँदीको भाउमा समेत बढोत्तरी आएको छ । चाँदीको मूल्य ०.३५ डलरले बढ्दै प्रतिऔंस ५२.१९ डलरमा कारोबार भईरहेको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.