काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य पुनः१ लाख ५० हजार रुपैयाँमाथि पुगेको छ । आज भएको मूल्य वृद्धिका साथ सुनको भाउले पुनः१ लाख ५० हजारको आँकडा पार गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।