काठमाण्डौ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुन ३ हजार ७ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९० हजार ३ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १३ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

