बुधबार, असार १७,२०८३ 06:34:28
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ ऐतिहासिक उचाईमा, एकैदिन ५७ डलरको उछाल

Laxmi Sunrise Bank Limited
सुनको भाउ ऐतिहासिक उचाईमा, एकैदिन ५७ डलरको उछाल

काठमाण्डौ । सुनको मूल्यले यसअघिको रकेर्ड तोड्दै नयाँ उचाई हासिल गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १.५७ प्रतिशतले बढेसँगै नयाँ रेकर्ड बनेको हो ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतिऔंस ३ हजार ७४३ डलरमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले थप ब्याज कटौती गर्नसक्ने सम्भावना बढेसँगै र कमजोर डलरका कारण सुनको भाउमा उछाल आएको हो । अमेरिकी डलर इन्डेक्स ०.१ प्रतिशतले कमजोर बनेको छ । जसका कारण अन्य मुद्रा भएकालाई सुनको खरिद सस्तो पर्न गएसँगै मागमा बढोत्तरी आउदा मूल्य बढेको हो ।  

लगानीकर्ता फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले दिने अभिव्यक्तिको प्रतिक्षामा छन् । जसमा पावेलले थप ब्याज कटौतीको निर्णय गर्नेछन् । उनले गत साता मात्रै २५ बेसिक प्वइन्टले ब्याजदर घटाएका थिए ।  

ब्याजदर कम भएका बेला सुनको मूल्य बढ्ने गर्छ ।  

आज चाँदीको मूल्य समेत ०.७४ डलरले बढेर प्रतिऔंस ४३.८३ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.