बिहीबार, असार १२,२०८२ 09:00:38
  • बिहीबार, असार १२,२०८२ 09:00:38
Global IME Bank Limited

सुनको मूल्यमा आज १६ डलरको गिरावट

Hyundai Nepal
सुनको मूल्यमा आज १६ डलरको गिरावट
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलर केही बलियो बन्दा र रुस–युक्रेनबीच शान्ति सम्झौता हुनसक्ने सम्भावना बढेसँगै सुनको मागमा कमी आएको छ ।  

जसका कारण आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १६.३९ डलरले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २१३ डलरमा कारोबार भईरहेको छ । अघिल्लो सेसनमा एक साताकै न्यून विन्दुबाट माथि उठ्दै डलरले पुनरागमन गरेको छ । जसका कारण डलरबाहेकका अन्य मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ ।  

उता रुस र युक्रेनबीच पनि युद्धविरामको सम्भावना बढेको अमेरिकी राष्ट्रपतिले बताएका छन् । यस विषयमा दुवै देशका राष्ट्रपति सकारात्मक देखिएको उनको भनाई छ । सुनलाई राजनीतिक र आर्थिक संकटको समयमा सुरक्षित लगानीको रुपमा लिइन्छ । तर विश्व राजनीतिक घटनाक्रम साम्य हुने बाटोतर्फ अग्रसर भएसँगै सुनप्रति लगानीकर्ताको आकर्षकणमा कमी आएको छ ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी ०.१५ डलरले घट्दै प्रतिऔंस ३२.२ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.