शनिबार, असार १४,२०८२ 04:30:51
  • शनिबार, असार १४,२०८२ 04:30:51
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै झण्डै डेढ लाख

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै झण्डै डेढ लाख
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.