काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसअघि कात्तिक ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।