बिहीबार, माघ ८,२०८२ 06:36:47
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 06:36:47
Bizshala
Global IME Bank Limited
Bizshala

सुनको मूल्यमा पहिरो, एकैदिन १७० डलरको गिरावट

सुनको मूल्यमा पहिरो, एकैदिन १७० डलरको गिरावट
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । आजको कारोबारमा सुनको मूल्य ३.६७ प्रतिशत १७० डलरले घटेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार ३६३ डलरमा कारोबार भईरहेको छ । पछिल्लो समय प्लेटेनियम, सुन र चाँदी जस्ता बहुमूल्य धातुहरु अल टाइम हाईको उचाईमा पुगेका थिए । उच्च मूल्यमा पुगेसँगै लगानीकर्ताले नाफा बुक बढाउँदा भाउमा तीव्र गिरावट आएको विज्ञहरुले बताएका छन् । यो वर्ष सुनको मूल्य ६५ प्रतिशतले बढेको छ ।

Bizshala
Garima Development Bank
New Office

प्लेटेनियम र पालडिपयमको मूल्य पनि यो वर्ष बढेको छ ।

यो वर्ष चाँदीको भाउ भने सबैभन्दा धेरै वृद्धि भएको छ । चाँदीको भाउ एक वर्षको अवधिमा १४७ प्रतिशतले बढेको छ । चाँदीको सीमित उपलब्धता, आपूर्तिमा कमी र बढ्दो औद्योगिक प्रयोगका कारण चाँदीको भाउमा यस वर्ष उछाल आएको हो ।  

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनी ड्रोनले रूसी राष्ट्रपति निवासमा आक्रमण गरेपछि रूसले शान्ति वार्तामा आफ्नो धारणा पुनरावलोकन गर्ने बताएका थिए । उक्त घटनाको प्रभाव धातु बजारमा पर्ने विश्वास गरिएको छ । सुनलाई आर्थिक र राजनीतिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिने गरिन्छ ।

यस्तै आज चाँदीको भाउमा समेत तीव्र गिरावट आएको छ । चाँदीको मूल्य आज ६.०४ प्रतिशत अर्थात ४.७९ डलरले घटेर प्रतिऔंस ७४ डलरमा झरेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.