बुधबार, असार १७,२०८३ 06:33:01
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:33:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा पहिरो, एकैदिन १७० डलरको गिरावट

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा पहिरो, एकैदिन १७० डलरको गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । आजको कारोबारमा सुनको मूल्य ३.६७ प्रतिशत १७० डलरले घटेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार ३६३ डलरमा कारोबार भईरहेको छ । पछिल्लो समय प्लेटेनियम, सुन र चाँदी जस्ता बहुमूल्य धातुहरु अल टाइम हाईको उचाईमा पुगेका थिए । उच्च मूल्यमा पुगेसँगै लगानीकर्ताले नाफा बुक बढाउँदा भाउमा तीव्र गिरावट आएको विज्ञहरुले बताएका छन् । यो वर्ष सुनको मूल्य ६५ प्रतिशतले बढेको छ ।

New Office
CG Motors
Garima Development Bank

प्लेटेनियम र पालडिपयमको मूल्य पनि यो वर्ष बढेको छ ।

यो वर्ष चाँदीको भाउ भने सबैभन्दा धेरै वृद्धि भएको छ । चाँदीको भाउ एक वर्षको अवधिमा १४७ प्रतिशतले बढेको छ । चाँदीको सीमित उपलब्धता, आपूर्तिमा कमी र बढ्दो औद्योगिक प्रयोगका कारण चाँदीको भाउमा यस वर्ष उछाल आएको हो ।  

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनी ड्रोनले रूसी राष्ट्रपति निवासमा आक्रमण गरेपछि रूसले शान्ति वार्तामा आफ्नो धारणा पुनरावलोकन गर्ने बताएका थिए । उक्त घटनाको प्रभाव धातु बजारमा पर्ने विश्वास गरिएको छ । सुनलाई आर्थिक र राजनीतिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिने गरिन्छ ।

यस्तै आज चाँदीको भाउमा समेत तीव्र गिरावट आएको छ । चाँदीको मूल्य आज ६.०४ प्रतिशत अर्थात ४.७९ डलरले घटेर प्रतिऔंस ७४ डलरमा झरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.