काठमाण्डौ । बिहिबार सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन १८ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ९२ हजारमा भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९० रुपैयाँले बढ्दै ५ हजार ५० रुपैयाँ कायम भएको छ ।

