काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अचाक्ली वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.७९ प्रतिशत अर्थात प्रतिऔंस ४१.०४ डलरले वृद्धि भएको हो ।
यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४१.०४ डलर पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.४८ प्रतिशत अर्थात ०.६७ प्रतिशतले बढ्दै प्रतिऔंस २७.४९ डलर पुगेको छ ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने हल्ला,बढ्दो भू–राजनीतिक जोखिम,चीनले आक्रामक रुपमा खरिद बढाउनु,विश्वका प्रमुख अर्थतन्त्र भएका देशमा हुन लागेको निर्वाचनका कारण बढ्दो अनिश्चिनता जस्ता कारणले पछिल्लो समय सुनको मूल्य वृद्धि भईरहेको छ ।