सोमबार, कार्तिक २,२०८३ 04:31:19
  • सोमबार, कार्तिक २,२०८३ 04:31:19
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक

Bizshala
सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक
New Office

काठमाण्डौ । आज सुनको मूल्यमा उछाल आएको छ । सुनको मूल्य आज अन्तराष्ट्रिय बजारमा १.६० प्रतिशत अर्थात ४३.९५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७९७ डलर पुगेको छ । यो रकम हालसम्मकै उच्च भन्दा केही मात्रै कम हो । यसअघि गत अक्टोबरमा सुनको मूल्य प्रतिऔंस २ हजार ७८८ डलर पुगेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उच्च भन्सार शुल्कको धम्किका कारण मागमा बढोत्तरी आउदा सुनको मूल्यमा वृद्धि देखिएको हो ।  

यस्तै अमेरिकी मुद्रास्फितीको प्रतिवेदनका आधारमा फेडरल रिजर्भले तय गर्ने नीतिको प्रतिक्षामा लगानीकर्ता रहेका छन् । लगानीकर्ताहरु यतिबेला ट्रम्प प्रशासनले अपनाउने नयाँ नीति तथा विदेशी नीतिका विषयमा चिन्तित देखिन्छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै डलरको मूल्यमा आएको ०.२ प्रतिशतको गिरावटका कारण अन्य मुद्रा भएका लगानीकर्तालाई सुनको खरिद सस्तो पर्न गएको छ । यस्ता लगानीकर्ताले खरिद बढाएसँगै सुनको माग बढेको छ ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.८० डलरले बढ्दै प्रतिऔंस ३१.५१ डलरमा कारोबार भईरहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.