काठमाण्डौ । एउटा गोल्डबारको मूल्य पहिलोपटक १० लाख डलर पुगेको छ । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस २५ सय डलर पुगेसँगै एउटा सुनको बारको मूल्य पहिलोपटक १० लाख डलर पुगेको हो ।
एउटा औषत गोल्डबारको वजन ४०० औंस हुन्छ । तर सबै गोल्डबारको तौल भने ४०० औंस नहुन पनि सक्छ ।
स्पट गोल्डको मूल्य पछिल्लो एक वर्षमा २० प्रतिशतभन्दा धेरैले वृद्धि भईसकेको छ । सुनको बढ्दो मूल्यलाई अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्न सक्ने संकेतका रुपमा लिन सकिने विज्ञहरुले बताएका छन् । चीनले नेतृत्व गरिरहेका केन्द्रीय बैंकहरुले डलरमाथिको निर्भरता कम गर्न सुनको बिक्री बढाएसँगै पनि सुनको मूल्य बढिरहेको छ ।
केन्द्रीय बैंकहरु र लगानीकर्ताहरुले आर्थिक सुस्तताका बेला सुनलाई सुरक्षित र दीर्घकालिन लगानीको रुपमा लिने गर्छन् । यही कारण ब्याजदर घट्दा सुनको मूल्य बढ्ने गर्छ र बोन्डभन्दा पनि सुनको लगानी आकर्षक हुने गर्छ ।