मंगलवार, असार १७,२०८२ 01:45:41
  • मंगलवार, असार १७,२०८२ 01:45:41
Global IME Bank Limited

आकाशिदै सुनको भाउ, एकैदिन प्रतिऔंस ३० डलरले बढ्यो

Hyundai Nepal
आकाशिदै सुनको भाउ, एकैदिन प्रतिऔंस ३० डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ । आजको कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात प्रतिऔंस ३०.६८ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९२९ डलर कायम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफका कारण आर्थिक वृद्धिमा सुस्तता छाउने सम्भावनाका कारण सुनको मूल्य उकालो लागेको हो । आर्थिक अनिश्चितता र विश्व भू–राजनीतिक संकटका बेला सुनलाई सुरक्षित लगानीको रुपमा लिइने गरिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य गत साता हालसम्मकै उच्च कायम भएको थियो । त्यबेला सुनको मूल्य प्रतिऔंस २ हजार ९४२ डलर पुगेको थियो । ट्रम्पको व्यापार नीतिका कारण सुनको मागमा वृद्धि देखिएको र सुनमा बुलिस चार्ट पोस्चर बनेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले विश्वका केन्द्रीय बैंकहरुले समेत सुनको खरिद बढाउन सक्ने आँकलन गरेका छन् ।  

गत महिना कार्यभार सम्हालेदेखि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्यारिफको श्रृखला जारी गर्दै विश्वलाई व्यापार युद्धतर्फ धकेलिरहेका छन् ।  

आज चाँदीको मूल्य समेत ०.३१ डलरले बढेर प्रतिऔंस ३२.६४ डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.