काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो। यससँगै सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तथा १० ग्राम २ लाख ६० हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।