काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.५२ प्रतिशत अर्थात २३ डलरले बढ्दै सुनको भाउ पहिलोपटक ४५ सय डलर पुगेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ५०३ डलरमा कारोबार भईरहेको छ ।
विश्वभर सुनको मागमा देखिएको वृद्धि र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने उच्च सम्भावनका कारण सुनको भाउ वृद्धि भएको विज्ञहरुले बताएका छन् ।
यस्तै आज चाँदीको भाउ पनि हल टाइम हाईको उचाईमा पुगेको छ । चाँदी आज ३.६३ प्रतिशत अर्थात २.६२ डलरले बढेर प्रतिऔंस ७४.५३ डलरमा कारोबार हुँदैछ ।

