काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । सोमबारको कारोबारमा सुनको मूल्यमा ३ हजार २ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउमा पनि बढेको छ । चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको छ ।

