काठमाण्डौ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मूल्यमा ५ सय रुपैयाँको बढोत्तरी आएको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।