काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।
मंगलबार सुनको मूल्य ६ हजार ४ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।