बुधबार, भाद्र १७,२०८३ 10:46:24
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 10:46:24
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३.१३ प्रतिशत अर्थात १३८ डलरले घटेर प्रतिऔंस ४ हजार २९१ डलरमा कारोबार भईरहेको छ ।

अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो ।

सुनको मूल्यमा दबाब पर्नुको प्रमुख कारण उच्च ब्याजदर र उर्जा तथा तेलको मूल्यवृद्धिबाट बढेको मुद्रास्फीतिको अपेक्षा हो। अमेरिकी ट्रेजरीको प्रतिफल र डलर दुवै बलियो भइरहेकाले सुनको बजार थप जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसैबीच, अमेरिकाले स्ट्रेट अफ हर्मुजमा रहेको इरानी टापुमा आक्रमण गरेपछि र इरानले त्यसको जवाफ दिएको बताएसँगै कच्चा तेलको मूल्य बढेको छ।

यसअघि शुक्रबार फेड अध्यक्ष वार्शले ज्याक्सन होल सम्मेलनमा मुद्रास्फीति फेडको २ प्रतिशतको लक्ष्यतर्फ नफर्किए थप कदम चाल्नुपर्ने हुन सक्ने संकेत गरेपछि सुनको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो। उक्त गिरावट जुन १० यताकै एक दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.