आईतवार, कार्तिक १,२०८३ 08:47:59
  • आईतवार, कार्तिक १,२०८३ 08:47:59
Global IME Bank Limited

२०२६ मा सुन अझै महँगिने संकेत, प्रतितोला ३ लाख रुपैयाँ माथि पुग्नसक्ने !

Bizshala
२०२६ मा सुन अझै महँगिने संकेत, प्रतितोला ३ लाख रुपैयाँ माथि पुग्नसक्ने !
New Office

काठमाण्डौ । नेपाली बजारमा हालै प्रतितोला २ लाख ७० हजार रुपैयाँ को ऐतिहासिक उचाइ छोइसकेको सुनको मूल्य २०२६ मा अझै महँगिने प्रक्षेपण अन्तर्राष्ट्रिय बजार विश्लेषणले गरेको छ। अहिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम रहँदा आगामी वर्ष यो मूल्य ३ लाख रुपैयाँ नजिक पुग्न सक्ने अनुमान गर्न थालिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गोल्डम्यान साक्स, जेपी मोर्गन, युबीएसलगायत विश्वका ठूला वित्तीय संस्थाहरूका अनुसार सन् २०२६ को अन्त्यसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,९०० देखि ५,००० अमेरिकी डलर सम्म पुग्न सक्छ। यसअघि नै अन्तर्राष्ट्रिय मूल्य वृद्धि, कमजोर डलर र भूराजनीतिक तनावका कारण नेपाली बजारमा सुनले अभूतपूर्व रेकर्ड बनाइसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५,००० डलर पुगेको अवस्थामा प्रतिग्राम मूल्य करिब १६० डलर पर्न जान्छ। यस आधारमा सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतितोला करिब १,८७० देखि १,९०० डलर बराबर हुन्छ। हालको विनिमय दरअनुसार यसले नेपाली बजारमा सुनको मूल्य प्रतितोला करिब २ लाख ८० हजारदेखि ३ लाख रुपैयाँ को दायरा छोइन सक्ने देखाउँछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय दरसँगै भन्सार, आयात शुल्क, व्यवसायी मार्जिन र स्थानीय माग–आपूर्तिको प्रभावले निर्धारण हुने भएकाले अन्तर्राष्ट्रिय मूल्यमा थप उछाल आउँदा ३ लाख रुपैयाँको मनोवैज्ञानिक स्तर पार हुने सम्भावनालाई विज्ञहरूले नकारेका छैनन्।

चाँदीको मूल्यमा पनि २०२६ मा निरन्तर दबाब रहने अनुमान गरिएको छ। विश्लेषकहरूले चाँदी प्रतिऔंस ७० देखि ९५ डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन्। सोलार प्यानल, विद्युतीय सवारी साधन र इलेक्ट्रोनिक्स उद्योगमा चाँदीको प्रयोग तीव्र रूपमा बढिरहेकाले औद्योगिक मागले मूल्यलाई बलियो समर्थन गरिरहेको छ।

विशेषज्ञहरूका अनुसार केन्द्रीय बैंकहरूको निरन्तर सुन खरिद, अमेरिकी ब्याजदर कटौतीको सम्भावना र विश्वव्यापी आर्थिक अनिश्चितताले सुनलाई अझै सुरक्षित लगानीको रूपमा स्थापित गरिरहेको छ। तर मूल्य अत्यधिक बढिसकेकाले २०२६ मा बजारमा तीव्र उतारचढाव आउने जोखिम पनि उत्तिकै रहेको उनीहरूको चेतावनी छ।

यसैकारण, नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ बनाउने सम्भावना रहे पनि विज्ञहरूले लगानीकर्तालाई भावनामा होइन, दीर्घकालीन रणनीति र जोखिम व्यवस्थापनका आधारमा निर्णय लिन सुझाव दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.