मंगलवार, असार १७,२०८२ 08:06:53
  • मंगलवार, असार १७,२०८२ 08:06:53
Global IME Bank Limited

चीनले खरिद सुरु गरेसँगै सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
चीनले खरिद सुरु गरेसँगै सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । चीनले सुनको खरिद बढाएसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस १.३३ प्रतिशत अर्थात ३५.१५ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६६८ डलरमा कारोबार भईरहेको छ । विगत ६ महिनादेखि सुनको खरिद घटाएको चीनले पुनःखरिद गर्न थालेसँगै र अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले आगामी साता ब्याजदर कटौती गर्न सक्ने सभावना बढेसँगै सुनको मूल्य बढेको जनाइएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुनको खरिद बढाएसँगै विश्वका अन्य केन्द्रीय बैंकहरुले समेत खरिद बढाउने भएकाले सुनको मागमा वृद्धि हुने अपेक्षा गरिएको छ । जस कारण सुनको मूल्य अझै बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सन् २०२३ मा चीन विश्वको सबैभन्दा ठूलो सुन खरिदकर्ता दशेको रुपमा रहेको थियो । तर आफ्नो १८ महिनाको खरिदलाई पूर्णविराम लगाउँदै गत मे महिनादेखि चीनले सुनको खरिद बन्द गरेको थियो ।    

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३.३४ प्रतिशत अर्थात १.०३ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३२ डलर पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.