काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । आज गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ५७५ रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।