काठमाण्डौ । मंगलबारको कारोबारमा सुनको मूल्य घटेको छ । आज स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् भदौ २९ गते सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार २९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५८ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।