काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। आजको वृद्धिसँगै सुनको भाउ पुनः ३ लाख माथि उक्लिएको छ । बिहिबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन भने गते प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन भने सुनको मूल्य ८ हजार ८ सय रुपैयाँले घट्दै ३ लाख तल आईपुगेको थियो ।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतिदश ग्राम २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज प्रतिदश ग्राम ६ हजार ५ सय २० रुपैयाँले वृद्धि भएको हो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी आज १ सय ४५ रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।