काठमाण्डौ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।
आजको कारोबारमा सुनको भाउ १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा सीमित बनेको छ ।
आज १० ग्राम सुनको भाउ २ लाख ४६ हजार १४० रुपैयाँ कायम भएको छ ।
उता चाँदीको मूल्यपनि आज १४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको चाँदीको भाउ आज ४ हजार ५९० रुपैयाँ कायम भएको छ ।

