काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार भने सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ८९० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५४५ रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।