बुधबार, असार १७,२०८३ 06:38:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन ४० डलरले बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको भाउ हालसम्मकै उच्च, एकैदिन ४० डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.९३ प्रतिशत अर्थात ४०.५४ डलरले बढेसँगै सुनको मूल्यले अल टाइम हाईको उचाई हासिल गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

यो समाचार तयार पार्दासम्म सुनको भाउ ४०.४२ डलरले बढेर प्रतिऔंस ४ हजार ३९४ डलरमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना र डलर कमजोर बनेसँगै सुनको भाउ आकाशिएको हो । यो वर्ष मात्रै सुनको भाउ ६७ प्रतिशतले बढिसकेको छ । बढ्दो भू–राजनीतिक तनाव, विश्वका केन्द्रीय बैंकहरुको बढ्दो खरिद, डलरमा देखिएको उचारचढाव र न्यून ब्याजदरका कारण यस वर्ष सुनको भाउ निरन्तर बढिरहेको छ ।

लगानीकर्ताले सन् २०२६ मा फेडरल रिजर्भले दुईपटकसम्म ब्याजदर घटाउन सक्ने आँकलन गरेका छन् । न्यून ब्याजदरको अवस्थामा सुनको भाउ बढ्ने गर्छ ।

यस्तै आज चाँदीको भाउ १.८८ डलरले बढ्दै प्रतिऔंस ६९.१७ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.