मंगलवार, असार १७,२०८२ 06:55:54
  • मंगलवार, असार १७,२०८२ 06:55:54
Global IME Bank Limited

ट्यारिफ कार्यान्वयनको पूर्वसन्ध्यामा सुनको मूल्यमा उछाल, एकैदिन ४४ डलरले वृद्धि

Hyundai Nepal
ट्यारिफ कार्यान्वयनको पूर्वसन्ध्यामा सुनको मूल्यमा उछाल, एकैदिन ४४ डलरले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदार देशहरुमाथि ट्यारिफ लगाउनुअघि सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.४३ प्रतिशत अर्थात ४४.४१ डलरले बढेको छ । सुन यतिबेला प्रतिऔंस ३ हजार १४५.३९ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्यले प्रतिऔंस ३१ सय डलरको आँकडा पार गरेको थियो ।  

अमेरिकी राष्टपति ट्रम्पले अप्रिल २ रेसिप्रोकल ट्यारिफ घोषणा गर्ने अपेक्षा गरिएको छ । अटो कम्पनीहरुमाथि भने अप्रिल ३ गतेदेखि नयाँ ट्यारिफ लागू हुनेछ ।  

यस्तै ट्रम्पले रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्न अनिच्छा देखाए रुसबाट तेल खरिद गर्ने देशहरुलाई पनि २५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका छन् ।  

यो वर्ष सुनको मूल्यमा १८ प्रतिशतको बढोत्तरी आईसकेको छ । सुनलाई समर्थन गर्ने मौद्रिक नीति, केन्द्रीय बैंकहरुको उच्च खरिद र एक्सचेञ्ज ट्रेडेड फण्डमा बढ्दो मागका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ । सन् २०२४ मा भने सुनको मूल्य २७ प्रतिशतले बढेको थियो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.०७ डलरले बढ्दै प्रतिऔंस ३४.१९ डलरमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.