काठमाण्डौ । आजको कारोबारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । यससँगै सुनको भाउ लगातार तीनदिन घटेको छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो । उक्त गिरावटका साथ सुनको भाउ २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
उता चाँदीको भाउपनि आज घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५८५ रुपैयाँ निर्धारण भएको चाँदी अआज ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँमा सीमित बनेको छ ।

