बुधबार, श्रावण ६,२०८३ 03:47:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:47:49
Bizshala
Global IME Bank Limited

नेपाली बजारमा सुनको भाउमा आजपनि पहिरो, एकैदिन १८ हजार बढीले घट्यो

नेपाली बजारमा सुनको भाउमा आजपनि पहिरो, एकैदिन १८ हजार बढीले घट्यो
New Office

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । गत शुक्रबार भारी मात्रामा गिरावट आएको सुनको भाउमा आजपनि उच्च गिरावट आएको छ ।

आइतबारको कारोबारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । यससँगै आज एक तोला सुनको मूल्य ३ लाख रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्यमा समेत पहिरो गएको छ । गत शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ५६५ रुपैयाँले घट्दै प्रतितोला रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.