काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । गत शुक्रबार भारी मात्रामा गिरावट आएको सुनको भाउमा आजपनि उच्च गिरावट आएको छ ।
आइतबारको कारोबारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । यससँगै आज एक तोला सुनको मूल्य ३ लाख रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा समेत पहिरो गएको छ । गत शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ५६५ रुपैयाँले घट्दै प्रतितोला रुपैयाँ कायम भएको छ ।

