मंगलवार, असार १७,२०८२ 08:25:30
  • मंगलवार, असार १७,२०८२ 08:25:30
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ४ हजार ६ सयले घट्यो, प्रतितोला कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ४ हजार ६ सयले घट्यो, प्रतितोला कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्ठौ । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

अघिल्लो दिन भने सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनपनि सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७८ डलरले घट्दै प्रतिऔंस ३ हजार २२९ डलरमा कारोबार भईरहेको छ । पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा कमजोर भएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने आँकलनका बीच सुनको मूल्यमा भारी गिरावट आएको हो । पहिलो त्रैमासमा अमेरिकाको जीडीपी ०.३ प्रतिशतले घटेको छ । यो गिरावट पछिल्लो ३ वर्षकै पहिलो हो ।  

आज स्थानिय बजारमा चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.