काठमाण्डौ । पछिल्लो समय निरन्तर रेकर्ड बनाईरहेको सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिन प्रतिऔंस ५ हजार ५९४ डलरको उचाईसम्म पुगेको सुनको भाउमा उच्च गिरावट आएको छ ।
यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ५ हजार २१४ डलरमा कारोबार भईरहेको छ ।
केही समयदेखि कमजोर बनिरहेको डलर बलियो बनेसँगै र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर यथावत राख्ने निर्णय गरेसँगै सुनको मूल्य प्रभावित बनेको हो ।
यस्तै प्रतिऔंस १२१ डलर पुगेको चाँदीको मूल्य पनि घटेर प्रतिऔंस ११० डलरमा कारोबार भईरहेको छ ।
जनवरी महिनामा मात्रै सुनको भाउ २० प्रतिशत बढीले वृद्धि भएको छ । यससँगै सुनको मूल्य लगातार ६ महिना वृद्धि भएको छ । जुन सन् १९८० पछिकै सबैभन्दा लामो मासिक वृद्धि हो ।

