बुधबार, श्रावण ६,२०८३ 03:53:12
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:53:12
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस कति पुग्यो ?

सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । अमेरिकी ट्रेजरी प्रतिफल वृद्धि र अमेरिकी डलर मजबुत बन्दा बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अमेरिक–इरानबीच सम्भावित शान्ति सम्झौताप्रति देखिएको आशावादले बजारमा केही सकारात्मक संकेत दिए पनि उच्च प्रतिफलदर र मजबुत डलरका कारण सुनमाथि दबाब परेको हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.०३ प्रतिशत अर्थात ९३.१२ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ४६० डलरमा भईरहेको छ । अघिल्लो कारोबार सत्रमा सुनको मूल्य मार्च ३० यताकै न्यून स्तरमा पुगेको थियो।

यस्तै आज चाँदीको भाउ समेत ओरालो लागेको छ । चाँदी आज ४.४९ प्रतिशत अर्थात ३.४७ डलरले घटेर प्रतिऔंस ७३.६१ डलर कायम भएको छ ।

बजार विश्लेषकहरुका अनुसार अमेरिकी ब्याजदरसम्बन्धी कडा नीति संकेत, बढ्दो ट्रेजरी प्रतिफल र मजबुत डलरका कारण सुनको बजारमा दबाब देखिएको हो।

अमेरिकी डलर ६ साताकै उच्च स्तर नजिक रहँदा अन्य मुद्राका लगानीकर्ताका लागि सुन महँगो बनेको छ। त्यस्तै, अमेरिकी १० वर्षे ट्रेजरी प्रतिफल एक वर्षभन्दा बढी अवधिकै उच्च स्तरमा कायम रहँदा ब्याज नआउने सम्पत्ति मानिने सुनको आकर्षण घटेको विश्लेषण गरिएको छ।

यसबीच, अमेरिका–इरान सम्बन्धबारे मिश्रित संकेत सार्वजनिक भएका छन्। अमेरिकी राष्ट्रपतिले आवश्यक परे तेहरानमाथि सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् भने उपराष्ट्रपति ले दुवै पक्ष प्रगतिको दिशामा रहेको र द्वन्द्व नचाहेको बताएका छन्।

फिलाडेल्फिया फेडरल रिजर्भ बैंककी अध्यक्षले हालको ब्याजदर उपयुक्त रहेको बताउँदै मुद्रास्फीति अझै उच्च स्तरमा रहेको उल्लेख गरेकी छन्। साथै, लगानीकर्ताले भविष्यमा ब्याजदर अझ बढ्न सक्ने सम्भावनाबारे सोच्न थालेको अवस्था ‘स्वस्थ संकेत’ भएको उनको भनाइ थियो।

लगानीकर्ताहरू अहिले फेडरल रिजर्भको अप्रिल बैठकको निर्णय सार्वजनिक हुने प्रतीक्षामा छन्, जसबाट आगामी मौद्रिक नीतिबारे थप संकेत मिल्ने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.