IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 01:57:42
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, प्रतिऔंस ३१ सय डलरतर्फ लम्कदै

Hyundai Nepal
सुनको मूल्यमा उछाल, प्रतिऔंस ३१ सय डलरतर्फ लम्कदै
Nabil Bank Limited

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा शुक्रबार उछाल आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.८७ प्रतिशत अर्थात ५६.४६ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ७४.१३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यससँगै यो वर्ष सुनको मूल्यले १७ पटकसम्म अल हाइम हाईको उचाई चुमेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै विश्लेषकहरुले छिट्टै नै सुनको मूल्य प्रतिऔंस ३१ सय डलर पुग्ने आँकलन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारका विभिन्न क्षेत्रमा ट्यारिफको घोषणा गरेसँगै बढेको अनिश्चितताका कारण सुनमा लगानी गर्नेको संख्या बढेको छ ।  

ट्रम्पले हालैमात्रै अप्रिल २ देखि अमेरिका आयात हुने सवारी साधन तथा पाट्सहरुमा २५ प्रतिशत ट्यारिफको घोषणा गरेका छन् । यसअघि उनले क्यानडा,मेक्सिको र चीन जस्ता देशहरुमाथि पनि करको घोषणा गरेका थिए । यी देशहरुले समेत अमेरिकामाथि ट्यारिफ लगाउने बताएका छन् । जसका कारण विश्व व्यापारको कालो बादल मडारिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै विश्वका केन्द्रीय बैंकहरुले समेत सुनको भण्डारण बढाएका छन् । जसका कारण माग बढ्दा मूल्य उकालो लागेको विश्लेषकले बताएका छन् ।  

विश्वमा आर्थिक र राजनीतिक संकट बढ्दा सुनलाई सुरक्षित लगानीको रुपमा लिइन्छ र कम ब्याजयुक्त वातावरणमा यसको मूल्य फस्टाउने गर्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X