काठमाण्डौ । सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको भाउ ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।