काठमाण्डौ । लगातार दुईदिन बढेको सुनको भाउ अआज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको थियो।
सुनको मूल्य आइतबार १६ सय र सोमबार १४ सय रुपैयाँले बढेको थियो ।
आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको हो।

