शनिबार, असार १४,२०८२ 09:02:00
  • शनिबार, असार १४,२०८२ 09:02:00
Global IME Bank Limited

सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८३ डलरले घट्यो

Hyundai Nepal
सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८३ डलरले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.५० प्रतिशत अर्थात ८३.१५ डलरले घटेको छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार २९३.८४ डलरमा झरेको छ ।  

सुनसँगै चाँदीको मूल्यमा पनि व्यापक गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ६.९१ प्रतिशत अर्थात २.१७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.१७ डलर कायम भएको छ ।  

अमेरिकाको बलियो ननफार्म पेरोल रिपोर्ट सार्वजनिक भएसँगै अन्तराष्ट्रि बजारमा सुनको मूल्यमा पहिरो गएको हो । अमेरेकी १० वर्षे बोन्डको प्रतिफल गत अप्रिल महिना यताकै न्यून अर्थात ४.२७१ प्रतिशत कायम भएको छ । तर अमेरिकी अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको श्रमबजारमा समेत रोजगारी सिर्जना भईरहेकाले तत्कालै अमेरिकी कन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना नरहेको विश्लेषकहरुले बताएका छन् ।  

१० वर्षे प्रतिफलले आगामी कारोबारमा ४.५० प्रतिफलमा रेसिस्टेन्ट टेस्ट गर्ने सम्भावना रहेको र यो सुनको वियरिस हुने विश्लेषण गरिएको छ । 

गत साता क्यानडाको केन्द्रीय बैंक र यु्रोपेली केन्द्रीय बैंकले ब्याजदरमा कटौती गरेपछि भने मे २२ मा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य प्रतिऔंस २ हजार ३८७ डलर कायम भएको थियो । 

उता चीनको केन्द्रीय बैंकले पनि सुनको खरिद घटाएको छ । तथ्यांकअनुसार गत महिना चीनको केन्द्रीय बैंकले कुनै पनि सुन खरिद गरेको छैन । यसले १८ महिनादेखि निरन्तर सुन खरिद गरिरहेको चीनको खरिदमा ब्रेक लागेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.