बुधबार, असार १७,२०८३ 06:34:35
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेरि बढ्न थाल्यो सुनको भाउ, एकैदिन ६७ डलरको वृद्धि

Laxmi Sunrise Bank Limited
फेरि बढ्न थाल्यो सुनको भाउ, एकैदिन ६७ डलरको वृद्धि

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । आज सुनको मूल्य १.६७ प्रतिशत अर्थात ६७ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११६ डलरमा भईरहेको छ । लगातार दुई सेसनको गिरावटपश्चात आज सुनको मूल्य बढेको हो । गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतिऔंस ४ हजार ३८१ डलर पुगेको थियो ।  

तर त्यसपछि भने सुनमो भाउमा उच्च गिरावट आएको थियो । जुन विगत ५ वर्षकै उच्च गिरावट हो ।  

New Office
CG Motors
Garima Development Bank

यो वर्ष सम्पूर्ण आधारभूत तत्वहरुले सुनको भाउको वृद्धिलाई टेवा पुर्याएका छन् । मूल्य घटेको मौका छोपी लगानीकर्ताले खरिद बढाउँदा र विश्व भू–राजनीतिक तनावका कारण सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।  

यो वर्ष सुनको मूल्य ५७ प्रतिशतले बढिसकेको छ ।  

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ०.५४ डलरले बढ्दै प्रतिऔंस ४८.६३ डलरमा कारोबार भईरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.