काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्रामको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो। यसअनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।