बुधबार, श्रावण ६,२०८३ 03:50:10
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:50:10
Bizshala
Global IME Bank Limited

डलर बलियो र कच्चा तेलको मूल्य उकालो लागेसँगै सुनको मूल्यमा गिरावट, प्रतिऔंस कति पुग्यो ?

डलर बलियो र कच्चा तेलको मूल्य उकालो लागेसँगै सुनको मूल्यमा गिरावट, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। यस हप्ताभरि नै सुनको मूल्य दबाबमा रहँदै साप्ताहिक रूपमा गिरावटतर्फ अग्रसर देखिएको छ। अमेरिकी डलर मजबुत हुनु र कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्नुका जस्ता कारणले सुनको घट्न पुगेको हो ।

सुनको मूल्य ०.८८ प्रतिशत अर्थात ४१ डलरले घट्दै प्रतिऔंस ४ हजार ६६४ डलरमा कारोबार भईरहेको छ ।

बजार विश्लेषकहरूका अनुसार, कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि तथा मुद्रास्फीति बढ्ने जोखिमका कारण अमेरिकी केन्द्रीय बैंक, फेडलर रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना कम देखिएको छ। यसले गैर–आय दिने सम्पत्ति मानिने सुनमा लगानी आकर्षण घटाएको छ।

यस हप्तामा अमेरिकी डलर करिब १ प्रतिशतले मजबुत भएको छ भने १० वर्षे अमेरिकी ट्रेजरी यिल्ड २ प्रतिशतभन्दा बढीले बढेको छ। यसले पनि सुनको मूल्यमा थप दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।

त्यस्तै, ब्रेन्ट क्रुड तेलको मूल्य करिब १७ प्रतिशतभन्दा बढीले बढ्दै प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ। अमेरिका–इरानबीच जारी तनाव र होर्मुज जलडमरूमध्य वरिपरि देखिएको अस्थिरताले आपूर्ति जोखिम बढाएको छ।

विशेषज्ञहरूका अनुसार, होर्मुज जलमार्ग हुँदै विश्वको करिब २० प्रतिशत पेट्रोलियम आपूर्ति हुने भएकाले यस क्षेत्रमा कुनै पनि अवरोधले विश्व ऊर्जा बजारमा ठूलो असर पार्न सक्छ।

कच्चा तेलको मूल्य वृद्धि नै सुनको मूल्य घट्ने प्रमुख कारण बनेको विश्लेषकहरुको ठहर छ । यसले मुद्रास्फीति बढाएर ब्याजदर लामो समयसम्म उच्च रहने अपेक्षा बलियो बनाउने र यसले सुन जस्ता प्रतिफल नदिने सम्पत्तिको आकर्षण घटाउँने उनीहरुको भनाई छ ।

त्यसैगरी, अमेरिका–इरान वार्तामा स्पष्ट प्रगति नदेखिँदा बजारमा अनिश्चितता कायम रहे पनि ठूलो स्तरको तनाव नदेखिएकाले लगानीकर्ताहरूले नाफा सुरक्षित गर्नेतर्फ लागेको हुनसक्ने समेत उनीहरुको आँकलन छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.