काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।