काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.८४ प्रतिशत अर्थात प्रतिऔंस २०.८७ डलरले बढेको हो ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१६.९१ डलर कायम भएको छ । जुलाई महिनामा अमेरिकामा रोजगारीमा आएको कमी र अमेरिकी १० वर्षे बोन्डको प्रतिफलमा आएको गिरावटका कारण सुनको मूल्य बढेको हो ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १.८९ प्रतिशत अर्थात प्रतिऔंस ०.५३ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २८.८२ डलरमा कारोबार भईरहेको छ ।