बुधबार, श्रावण ६,२०८३ 03:49:22
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:49:22
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १ सय डलरले घट्यो, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन १ सय डलरले घट्यो, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य २.०४ प्रतिशत अर्थात १०० डलरले घटेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ८२५ डलरमा भईरहेको छ ।

अमेरिकी डलर बलियो हुँदा र सेयर बजारमा कमजोरी देखिँदा विश्व बजारमा सुनको मूल्यमा दबाब सिर्जना भएको छ। लगानीकर्ताहरूले सेयरमा नोक्सानी कम गर्न र जोखिम व्यवस्थापनका लागि सुन तथा अन्य बहुमूल्य धातुहरूबाट आफ्नो पोर्टफोलियो घटाएका छन्।

सुनले हालै रेकर्ड स्तर छोएका कारण लगानीकर्ताले नाफा बुक समेत गरेका छन् । जसका कारण सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ। 

अमेरिकी डलर दुई हप्ताको उच्चतम स्तरमा पुगेपछि सुन विदेशी खरिदकर्ताका लागि महँगो भएको छ। त्यस्तै, सेयर बजारको घटावटका कारण कतिपय लगानीकर्ताले मार्जिन आवश्यकताका लागि सुन बिक्री गर्नु परेको छ।

आज चाँदीको मूल्य पनि १३.८० प्रतिशत अर्थात ११ डलरले घटेर प्रतिऔंस ७३ डलरमा कारोबार भईरहेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.