काठमाण्डौ । बिहिबारको कारोबारमा स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७५ हजार १ सय २० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ३० रुपैयाँ कम हो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।